कोरोनाबाट भैरहवामा चारको मृत्यु


भैरहवा– कोरोना भाइरस संक्रमणबाट भैरहवामा थप चारजना बिरामीको मृत्यु भएको छ । भीम अस्पतालमा दुईजना र युनिभर्सल शिक्षण अस्पतालमा दुईजना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा तीनजना पुरुष र एक महिला छन् ।
भीम अस्पतालका सुचना अधिकारी डा.नारायण पोखरेललेका अनुसार, सिद्धार्थनगर नगरपालिका–६ का ७७ वर्षीय पुरुषको राती १२.४० मा मृत्यु भएको थियो । रुपन्देहीकै गैडहवा गाउँपालिका–२ का ५५ वर्षीय अर्का एक संक्रमित पुरुषको पनि राति १२.२५ मा मृत्यु भएको हो ।
युुनिभर्सल शिक्षण अस्पतालमा दुवै जना बिरामीको शुक्रबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । नवलपरासीको बर्दघाट नगरपालिका–४ का ६७ वर्षीय एक पुरुष र लुम्बिनी साँस्कृतिक नगरपालिका–१० की ७० वर्षीय एक महिलाको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।
प्रतिकृया दिनुहोस्