August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

६,९३९ जनामा कोरोना पुष्टि, १०६ जनाको मृत्यु

भैरहवा– बिहीबार एकैदिन देशभर १०६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ९ सय ५१ पुगेको छ।

Advertisement

यसैगरी पछिल्लो २४ घण्टामा थप ६ हजार ९ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

Advertisement

गत २४ घण्टामा ७ हजार २ सय २६ कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यसअघि बुधबार ६ हजार ७ सय १६ जना कोरोना संक्रमित डिस्चार्ज भएका थिए।

यसैगरी गत २४ घण्टामा २० हजार ४ सय १४ पीसीआर तथा ५ सय ७८ एन्टिजेन परीक्षण भएको छ।