April 25, 2024, Thursday
१३ बैशाख २०८१, बिहीबार

प्रतिगमन परास्त भएरै छाड्छ : दलहरु

बुटवल– लुम्बिनी प्रदेशका विभिन्न राजनीतिक दलका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिगमन परास्त भएरै छाड्ने विश्वास व्यक्त गरेका छन् । बिहीवार संयुक्त विज्ञप्ती जारी गर्दै प्रतिगमनको पराजय र जनताको जित सुनिश्चित रहेको दलहरुले जनाएका हुन् ।

Advertisement

नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कडेल, नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कार्यालय सचिव सुदर्शन बराल, नेकपा (एमाले) प्रदेश कार्यालय सचिव खेम लुइँटेल, जसपा नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष अशोक यादव, राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश उपाध्यक्ष बदे्र आलमद्वारा जारी विज्ञप्तीमा स्पष्ट अल्पमतमा परिसकेपछि लिखित र मौखिक रुपमा अल्पमतमा परे भनि स्वीकार गरिसकेका प्रधानमन्त्रीले पुनः राष्ट्रपतिसँग सांठगांठ गरि जेठ ७ गते मध्यरातमा षड्यन्त्रमूलक ढंगले संविधानमा भएको व्यवस्थाको धज्जी उडाएको जनाएका हुन् ।

Advertisement

‘जनसमुदायको जीवन रक्षाका लागि निरन्तर जुट्नुहुन सम्पूर्ण पार्टी पंक्तिमा अपिल गछौं । प्रधानमन्त्री ओलीको असंवैधानिक, अराजनैतिक, अनैतिक र जनविरोधी क्रियाकलापको घोर निन्दा र भत्र्सना गछौं । २१ औं शताब्दीका स्वाभिमानी चेतनशील जनताको अग्रगामी चेतनाको अगाडि लेण्डुप पथमा लैजान खोजेको प्रतिगमन परास्त भई छाड्ने विश्वास हाम्रो छ’, विज्ञप्तीमा उल्लेख छ ।

ओलीको कदमले नेपाली जनताले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान आज सर्वाधिक संवेदनशील अवस्थामा पुगेको जनाउँदै विज्ञप्तीमा संविधान मार्फत संस्थागत गरिएको गणतन्त्र, संघीयता, समानुपातिक, समावेशीता, धर्मनिरपेक्षता र लोकतन्त्र यतिवेला प्रधानमन्त्री र राष्ट्रपतिको गठवन्धनबाट धरापमा परेको उल्लेख छ । विज्ञप्तीमा कोभिड नियन्त्रणमा सरकार असफल भएको जनाइएको छ ।

‘आज कोभिड–१९ का कारण जनताले दैनिक झण्डै २ सयको संख्यामा ज्यान गुमाउनु परेको छ । हजाराँैको संख्यामा संक्रमित भएका छन् । अस्पतालहरुमा अक्सिजन, वेड भेन्टिलेटर र अन्य स्वास्थ्य उपचारको अभाव छ । जनता पीडाले आक्रान्त परिरहेका छन् भने स्वयं स्वास्थ्यकर्मीहरु असाहय अवस्थामा भावुक बनेका दृष्यहरु सार्वजनिक भएका छन्’ विज्ञप्तीमा उल्लेख छ ।

लामो समयको लकडाउनका कारण लाखौ श्रमिक, साना व्यापारी न्युनवैतनिक कर्मचारीहरु, दैनिक रोजिरोटीकै समस्या झेल्न थालेका छन् । सिंगो मुलुक महामारीबाट आक्रान्त भएर स्तब्ध भइरहेको छ । मृतकका आफन्तहरु अन्तिम संस्कारमा सहभागी हुन नसकेको कठोर अवस्था छ ।

‘यस्तो कठिन र पीडादायी क्षणलाई कुनै थाहा नपाए जस्तो, नदेखे जस्तो गरी जनताको संवेदनामाथि मजाक उडाउँदै ‘… लाई खानकै रन्को’ भने जसो गरि असंवैधानिक तरिकाले निर्वाचनको घोषणा गरिएको छ’, विज्ञप्तीमा भनिएको छ । देशबासीको जीवन बचाउन आवश्यक पर्ने अक्सिजन सिलिण्डर, खोप र स्वास्थ्य उपचार उलपव्ध गराउनका लागि संसार भर झोली थापिरहेको निर्लल्ज सरकारले निर्वाचनका लागि भने अर्बौं, खर्बौं रुपैयाँ चिन्ता नगर्न निर्वाचन आयोगलाई भनेको छ । यो निर्लज्जा हो’, विज्ञप्तीमा उल्लेख छ ।