October 18, 2021, Monday
१ कार्तिक २०७८, सोमबार

भीममा तीन संक्रमितको मृत्यु

भैरहवा– रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा उपचाररत थप तीन जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार मृत्यु हुने तीनैजना पुरुष हुन् ।

मृत्यु हुनेमा रुपन्देहीको मायादेवी गाउँपालिका–४ का ६० वर्षीय पुरुष, कपिलवस्तुको पिपरा–६ का ४१ वर्षीय पुरुष र रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ७२ वर्षीय पुरुष रहेको अस्पतालका सूचना अधिकारी डा.नारायण पोखरेलले जानकारी दिए ।