April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

उत्कृष्ट काम गर्ने तीन प्रहरी सम्मानित

भैरहवा- जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले तीन प्रहरी युनिटका ईन्चार्जहरुलाई ‘हाई इन्टेग्रिटी ईन्चार्ज अवार्ड’ प्रदान गरेको छ । कार्यसम्पादन राम्रो गरेका मातहतका तीन युनिटलाई बैशाख महिनामा उत्कृष्ट घोषणा गर्दै ईन्चार्जलाई पुरस्कृत गरिएको हो ।

Advertisement

रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाका अनुसार पुरस्कृत हुनेमा ईलाका प्रहरी कार्यालय लुम्बिनीका ईन्चार्ज प्रहरी निरीक्षक रवीन्द्र महत, प्रहरी चौकी शिवपुर गोनहाका ईन्चार्ज प्रहरी सहायक निरीक्षक जितेन्द्र राय यादव र प्रहरी चौकी शान्तिबजार सूर्यपुराका ईन्चार्ज प्रहरी सहायक निरीक्षक सनन्दन प्रसाद यादव छन् ।

Advertisement

‘जिल्ला प्रहरी कार्यालयले दिएको जिम्मेवारी उहाँहरुले कुशलपूर्वक सम्पादन गर्नुभयो । त्यसैले ती युनिट र प्रहरीलाई प्रोत्साहन गर्न हामीले सम्मान गरेका हौं’, थापाले भने ।

उनीहरुले प्रहरी कार्यालयले संचालन गरेको फरार अभियुक्त पक्राउ, अवैध सामान बरामद, लागूऔषध नियन्त्रण, सवारी दुर्घटना न्यूनिकरण तथा प्रतिकारको निश्चित आधारमा उच्च ईन्टेग्रिटी स्कोर प्राप्त गरेको थापाले जनाए । उनीहरुलाई ‘हाई ईन्टेग्रिटी ईन्चार्ज अवार्ड’ वापत पुरस्कृत गरिएको छ ।

उत्कृष्ट प्रहरीहरुलाई जिल्ला प्रहरी कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच प्रहरी प्रमुख एसपी मनोज कुमार केसीेले पुरस्कार प्रदान गरेका थिए । निशेधाज्ञाबीच पनि ती प्रहरीले जिल्लाभरका सबै युनिट भन्दा महत्वपूर्ण प्रशंसनीय काम गरेको जनाइएको छ ।