August 3, 2021, Tuesday
१९ श्रावण २०७८, मंगलवार

नेपालमा ७,९१४ जनामा कोरोना, ७,६६४ संक्रमण मुक्त

भैरहवा- नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ९१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो अवधिमा १९३ जनाको मृत्यु भएको छ भने ७ हजार ६६४ जना निको भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

यसअघि शनिबार देशभर ८९८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ८८४८ जना संक्रमणमुक्त बनेका थिए । यस्तै १२९ जनाको संक्रमणका कारण मृत्यु भएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार ९६५ नमुना पीसीआर विधिबाट परीक्षण भएको छ । यसमध्ये ९३१ नमुना एन्टिजेन विधिबाट भएको छ । जसमा ७ हजार ५९८ जनाको पीसीआर विधि र एन्टिजेन विधिबाट ३१६ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल देशभर १ लाख १५ हजार ५४७ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये संस्थागत आइसोलेशनमा ७ हजार ३४९ जना र होम आइसोलेशनमा १ लाख ८ हजार १९८ जना छन् ।