October 18, 2021, Monday
१ कार्तिक २०७८, सोमबार

भीम र युसिएमएसमा सात संक्रमितको मृत्यु

भैरहवा– कोरोना भाइरस संक्रमणबाट भैरहवास्थित भीम अस्पताल र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसिएमएस)मा उपचाररत थप सात जना संक्रमितको मृत्यु भएको छ । यीमध्ये ३ जना महिला र ४ जना पुरुष छन् ।

भीम अस्पतालमा उपचार गराइरहेका पाल्पाका ३८ वर्षीय पुरुष, लुम्बिनी सांस्कृतिक नगरपालिका–२ का ५२ वर्षीय पुरुष, रुपन्देहीकै कंचन गाउँपालिका–४ की ६५ वर्षीया महिला र रुपन्देहीकै मर्चवारी गाउँपालिका–६ की ५० वर्षीया महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.नारायण पोखरेलले बताए ।

यसैगगरि युसिएमएसमा शनिवार रातिदेखि आइतबार दिउँसोसम्म रुपन्देहीको ओमसतिया गाउँपालिका–२ की ५० वर्षीया महिला, सिद्धार्थनगर नगरपालिका–८ का ५५ वषीय पुरुष र नवलपरासीको बर्दघाट नगरपालिका–५ का ६५ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको छ ।