एथ्लेटिको मड्रिड बन्यो ला लिगा च्याम्पियन


एथ्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलको उपाधि उचालेको छ । शनिबार राति भएको यो सिजनको आफ्नो अन्तिम खेलमा रियल भालाडोलिडमाथि २–१ को जित दर्ता गरेर एथ्लेटिको मड्रिडले सन् २०१४ पछि पहिलोपटक उपाधि जितेको हो ।
अवे मैदानमा भएको खेलमा १८ औँ मिनेटमै गोल खाएर एथ्लेटिको मड्रिड पछि परेको थियो । रियल भालाडोलिडका लागि अस्करप्लानोले गोल गरेका हुन् ।
५७ औँ मिनेटमा एन्जल कोरियाले एथ्लेटिको मड्रिडका लागि बराबरी गोल गरे । ६७ औँ मिनेटमा लुइस स्वारेजले गोल गरेपछि एथ्लेटिको मड्रिडले उपाधि उचाल्ने जित हाँसिल गरेको हो ।
शनिबार राति नै भएको खेलमा भिल्ला रियललाई २–१ ले पराजित गरेको रियल मड्रिड भने दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भएको छ ।
लिगका आ–आफ्ना सबै खेल सकिँदा उपाधि विजेत ाबनेको एथ्लेटिको मड्रिडको ८६ तथा दोस्रो भएको रियल मड्रिडको ८४ अंक भएको छ ।
प्रतिकृया दिनुहोस्