September 8, 2026, Tuesday
२०८३ भाद्र २३ मंगलवार

राष्ट्रपतिले जारी गरिन् ‘प्रतिज्ञा गर्छु’ हटाएर शपथ अध्यादेश

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको शपथ अध्यादेशमा ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द हटाइएको छ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदको शपथ लिँदा ‘त्यो पर्दैन’ भन्दै ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द भन्न अस्वीकार गरेका थिए।

Advertisement

ओलीको शपथ विवादमा परेपछि सरकारले शपथसम्बन्धी अध्यादेश जारी गरेको हो।

त्यस्तै, अध्यादेशमा सरकारले ईश्वरको वा देश र जनताको भन्ने शब्दमध्ये एउटा कुन शब्द प्रयोग गर्ने हो भन्ने विषय शपथअघि नै जानकारी गराउनुपर्ने व्यवस्था छ। शुक्रबार राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेकी हुन् ।