March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

नेपालमा थप ८६०७ जनामा कोरोना, ७८९० संक्रमण मुक्त

भैरहवा- पछिल्लो २४ घण्टामा नेपालमा थप ८६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १७७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।  यसअघि बिहीबार देशभर ८३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने १९० जनाको मृत्यु भएको थियो । यस्तै ६५४३ जना संक्रमणमुक्त भएका थिए । 

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २३ हजार २२६ जनाको नमुना परीक्षण गर्दा ८६०७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ७८९० जना संक्रमणमुक्त भएका छन् ।  यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ भने निको हुनेको संख्या ३ लाख ७४ हजार ८३६ पुगेको छ ।  हाल देशभर सक्रिय संक्रमित १ लाख १६ हजार नाघेका छन् भने मृतकको संख्या ६ हजार २४ पुगेको छ ।

Advertisement