May 29, 2022, Sunday
१५ जेष्ठ २०७९, आईतवार

नयाँ सरकारका लागि विपक्षीद्वारा राष्ट्रपति समक्ष दाबी पेश

काठमाडौँ- नयाँ सरकार गठनका लागि विपक्षीले राष्ट्रपति समक्ष बहुमत सहित दाबी पेश गरेका छन्।

Advertisement

उनीहरुले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावसहित एक सय ४९ सांसदको हस्ताक्षरसहित नयाँ सरकारका लागि दाबी गरेका हुन्।

त्यसमा एमाले असन्तुष्ट पक्षका २७ जना सांसदको पनि हस्ताक्षर रहेको छ। तर ओलीले त्यसअघि नै जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन रहेको दाबीसहित नयाँ सरकार निर्माणका लागि राष्ट्रपतिसमक्ष दाबी गरेको उनी पक्षधर नेताहरुले बताएका छन्।

एमालेका १२१ र जसपाका ३२ गरी उनले कुल १५३ सांसदको समर्थन रहेको दाबीसहित पत्र दर्ता गराएका हुन्।

विपक्षी दलको दाबी पनि दर्ता प्रक्रियामा रहेको छ। राष्ट्रपतिले वैकल्पिक सरकारका लागि दाबी गर्न दिएको समयसीमा शुक्रबार ५ बजे सकिँदैछ।