September 21, 2023, Thursday
४ आश्विन २०८०, बिहीबार

विपक्षी दलभन्दा पहिल्यै ओलीले नै पेश गरे प्रधानमन्त्रीमा आफ्नो दाबी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि १५३ सांसदको हस्ताक्षरसहित राष्ट्रपति समक्ष दाबी पेश गरेका छन्।

Advertisement

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार एमालेका १२१ र जसपाका ३२ सांसदसहित १५३ जनाको समर्थन आफूलाई रहेको दाबीसहित ओलीले सरकारमा आफ्नो दाबी पेश गरेका हुन्।

Advertisement

एमालेका माधव नेपाल पक्षसहित १४९ जना सांसदहरुको हस्ताक्षर बोकेर राष्ट्रपति कार्यालय पुगेको विपक्षी टोलीअगावै प्रधानमन्त्री ओलीले राष्ट्रपतिमा दाबी पेश गरेका हुन्।

जसपाका अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले पनि ओलीलाई समर्थन गरेको पत्र राष्ट्रपति कार्यालयमा बुझाएका छन्।