January 23, 2025, Thursday
२०८१ माघ १०

बाँकेमा उपचाररत थप १५ संक्रमितको मृत्यु

बाँके- बाँकेका विभिन्‍न अस्पतालमा उपचाररत थप १५ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । बिहीबार दिउँसो ३ बजेदेखि शुक्रबार बिहान ७ः३० बजेसम्म ठूलो संख्यामा संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ८ जना बाँके, २/२ जना सल्‍यान र कैलालीका तथा १/१ जना दाङ, बर्दिया र प्‍युठानका छन् । भेरी अस्पतालमा उपचाररत नेपालगञ्‍ज उपमहानगरपालिक-१० बाँकेका ७१ वर्षीय पुरुषको, नेपालगञ्‍ज उपमहानगरपालिका-१३ की ६३ वर्षीया महिला, बाकेँकै खजुरा गाउँपालिका-७ का ४८ वर्षीय पुरूष, खजुरा गाउपालिका-३ कै ६७ वर्षीय पुरुषको मृत्‍यु भएको छ ।

Advertisement

यस्तै नेपालगञ्‍ज मेडिकल कलेजमा उपचाररत राप्तिसोनारी गाउँपालिका-३ बाँकेका ३३ वर्षीय पुरूष, राप्तिसोनारी गाउँपालिका-८ बाँकेकै ५५ वर्षीया महिलाको शुक्रबार विहान ४M२५ बजे, बैजनाथपुर गाउँपलिका-६ बाँकेका २५ वर्षीय पुरुषको मृत्‍यु भएको छ भने बैजनाथ गाउँपालिका-४ की ४३ वर्षीया महिलाको शुक्रबार विहान ७:३० बजे भेरी अस्पतालमा उपचारको क्रममा मृत्‍यु भएको छ ।

यस्तै भेरीमा उपचाररत कालिमाटी गाउँपालिका-२, सल्‍यानका ३४ वर्षीय पुरूष र कपुरकोट गाउँपालिका-४, सल्‍यानकै ४४ वर्षीय पुरूषको मृत्‍यु भएको छ । यस्तै घोडाघोडी नगरपालिका-१०, कैलालीकी ४० वर्षीया महिलाको नेपालगञ्‍ज मेडिकल कलेजमा मृत्‍यु भएको छ भने लम्कीचुहा नगरपालिका-३, कैलालीकै ६७ वर्षीय पुरूषको भेरी अस्पताललमा उपचारको क्रममा मृत्यु भएको छ ।

यस्तै नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारको क्रममा गुलरिया नगरपालिका-६, बर्दियाकी ५५ वर्षीया महिला, घोराही उपमहानगरपालिका-५, दाङकी ३५ वर्षीया महिला र स्वर्गद्वारी नगरपालिका-५, प्युठानकी ४० वर्षीय पुरूषको मृत्‍यु भएको छ । योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २६७ पुगेको छ भने अन्‍य जिल्ला बाहिरका २२२ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।