भैरहवाका दुई अस्पतालमा पाँच संक्रमितको मृत्यु
भैरहवा- कोरोना भाइरस संक्रमणबाट भैरहवाका दुई अस्पतालमा उपचाररत पाँच संक्रमितको मृत्यु भएको छ । भीम अस्पताल र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसिएमएस)मा उपचाररत पाँच जनाको मृत्यु भएको हो ।
जसमध्ये, एक महिला र चार पुरुष हुन् । पाँचै जनाको पछिल्लो २४ घण्टाको अवधिमा मृत्यु भएको ती अस्पतालले जनाएका छन् । भीममा उपचाररत रुपन्देहीको देवदह नगरपालिका–४ का ५० वर्षीया महिला, तिलोत्तमा नगरपालिका–१ का ६६ वर्षीया पुरुष, सिद्धार्थनगर ननगरपालिका–३ का ६० वर्षीय पुरुष र तिलोत्तमा–७ निवासी ४८ वर्षीय पुरुषको मृत्यु भएको छ ।
अस्पतालका अनुसार श्वासप्रश्वासमा समस्या आएपछि उपचाररत ४८ वर्षीय ती पुरुषको कोभिड संक्रमण पुष्टि हुन भने सकेको थिएन । युसिएमएसमा उपचाररत कोभिड संक्रमित सिद्धार्थनगर–४ का ५० वर्षीय एक पुरुषको बिहीवार राती १०ः४६ मा मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस्