December 7, 2021, Tuesday
२१ मंसिर २०७८, मंगलवार

राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका पाण्डेयलाई जनमोर्चाको समर्थन

बुटवल- लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा संयुक्त गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डेयलाई राष्ट्रिय जनमोर्चाले समर्थन गर्ने बताएको छ ।

लुम्बिनी प्रदेशमा जेठ १७ गते राष्ट्रियसभाको उपनिर्वाचन हुँदैछ । लुम्बिनीमा पाण्डेयलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले साझा उम्मेदवारको रुपमा अघि सारेका छन् ।

जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गरी प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई प्रतिगमन भन्दै त्यसका विरुद्ध आउने सबै शक्तिसँग सहकार्य गर्ने बताएका छन् ।

Advertisement