कोरोनाबाट एकै दिन २४६ को मृत्यु, ८,१७३ नयाँ संक्रमित थपिए


रुपन्देही- पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस भाइरस संक्रमणबाट २४६ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट एकै दिन मृत्यु हुने यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि वैशाख २८ गते २२५ जनाको मृत्यु भएको थियो ।
त्यस्तै यो अवधिमा थप ८ हजार १७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ८,०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८,१७३ जना संक्रमित भेटिएका हुन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७, ९८९ छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १,९८८ जना, कैलालीमा ४१७, मोरङमा ३८३, कास्कीमा ३४७ जना, रूपन्देहीमा ३४६ जना र झापामा ३४४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
सुर्खेतमा २७४, ललितपुरमा २७०, बाँकेमा २४०, भक्तपुरमा २२८, सुनसरीमा २०९, धनुषामा १९९, चितवनमा १९३, बारामा १८७, दाङमा १७७, बर्दिया र अछाममा १५८/१५८ जना, काभ्रेपलाञ्चोकमा १५५, गोरखामा १४२, महोत्तरीमा १२७, सिन्धुपाल्चोकमा १२१ र धादिङमा ११७ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै दोलखा र कञ्चनपुरमा ९१/९१ जना, धनकुटामा ८८, पर्सामा ८५, ताप्लेजुङमा ८३, डडेल्धुरामा ७७,सिरहामा ७३, नवलपरासी पश्चिममा ५५, डोटीमा ५३, सिन्धुलीमा ४५, दैलेखमा ४४, तनहुँमा ३७, नवलपरासी पुर्वमा ३५, खोटाङ र रामेछापमा २९÷२९ जना र रौतहटमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै स्याङजामा २३, सर्लाही, नुवाकोट र अर्घाखाँचीमा २१/२१ जना, पाल्पा र बैतडीमा १९÷१९ जना, सप्तरी, म्याग्दी र सल्यानमा १८/१८ जना तथा तेह्रथुम, सोलुखुम्बु र लमजुङमा १६/१६ जना संक्रमित थपिएका छन् ।
संखुवासभामा १४, मनाङमा १३, कपिलवस्तु र कालिकोटमा १२/१२ जना, पर्वतमा १०, रोल्पामा ८, भोजपुरमा ७, बागलुङ र जुम्लामा ६/६ जना र ओखलढुंगामा ५ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै उदयपुर र मकवानपुरमा ४/४ जना, इलाम, गुल्मी र दार्चुलामा ३/३ जना, रूकुम पश्चिममा २ तथा पाँचथर, रसुवा, प्युठान, जाजरकोट र हुम्लामा १/१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै ९ वर्ष मुनिका १९० बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने १० देखि १९ वर्ष उमेर समूहका ५२८ जना संक्रमित देखिएका छन् ।
प्रतिकृया दिनुहोस्