December 4, 2021, Saturday
१८ मंसिर २०७८, शनिबार

भीम अस्पतालमा तीन संक्रमितको मृत्यु

भैरहवा- कोरोना भाइरस संक्रमणबाट भैरहवास्थित भीम अस्पतालमा तीन जना पुरुषको मृत्यु भएको छ । उनीहरुको मंगलबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी डा.नारायण पोखरेलका अनुसार रुपन्देहीको ओमसतिया गाउपालिका–६ का ५७ वर्षीय पुरुषको राति १२.४० मा मृत्यु भएको थियो । उनी जेठ ३ गतेदेखि उपचाररत थिए ।

यस्तै, नवलपरासी रामग्राम नगरपालिका–६ का ४६ वर्षीय पुरुषको बुधवार बिहान ५ बजे मृत्यु भएको छ । उनी जेठ १ देखि भीममा उपचाररत थिए । जेठ २ गते भर्ना उपचाररत लुम्बिनी सांस्कृतिक नगपालिकाका ४५ वर्षीय पुरुषको राति १ बजे मृत्यु भएको डा.पोखरेलले जनाए ।

Advertisement