लुम्बिनी प्रदेशको विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुखद्वारा अस्वीकार


बुटवल, जेठ ४ । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले अस्वीकार गरेका छन् ।
प्रदेश सभाको अधिवेशन सम्बन्धमा मंगलवार धारणा सार्वजनिक गर्दै प्रदेश प्रमुख यादवले अधिवेशन आह्वान गर्न मिल्ने अवस्था नदेखिएको बताएका छन् ।
प्रमुख यादवले जारी गरेको पत्रमा भनिएको छ, ‘नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम प्रदेश सभाको अधिवेशन बोलाउन मिति २०७८-१-२६ गते प्रदेश सभाका माननीय सदस्यहरूले लिखित अनुरोध गर्नुभएको सन्दर्भमा नेपालको संविधानको धारा १८८ को उपधारा ४ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम हाल अधिवेशन आह्वान गर्न मिल्ने अवस्था नदेखिएको व्यहोरा जानकारी गराउँदछु ।’
प्रदेशका प्रतिपक्षी दलहरूले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्दै प्रदेश प्रमुखलाई विशेष अधिवेशन बोलाउन माग गर्दै निवेदन दर्ता गरेको थिए ।
हेर्नुस् प्रदेश प्रमुखको पत्र

प्रतिकृया दिनुहोस्