October 24, 2021, Sunday
७ कार्तिक २०७८, आईतवार

होल्डिङ सेन्टरमा माइती नेपालको सहयोग

भैरहवा, जेठ ३ । माइती नेपाल आवधिक गृह भैरहवाले रुपन्देहीको बेलहिया नाकामा स्थापना गरिएको होल्डिङ सेन्टरलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

सोमबार होल्डिङ सेन्टरमा पुगेर संस्थाकी कार्यक्रम संयोजक माया क्षेत्रीले प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा काफ्ले, प्रहरी प्रमुख मनोज केसीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी हुन् ।

माइती नेपालले चाउचाउर, विस्कुट ४ सय थान, पानी ५० कार्टुन, सर्जिकल मास्क ८ सय थान, सेनिटाइजर ५ लिटर, डाइपर एक सय थान, स्यानेट्यारी प्याड एक सय थान सहयोग गरेको हो ।

छिमेकी मुलुक भारतबाट स्वदेश फर्किने नेपालीहरुलाई उक्त सामाग्री दिइने छ । स्वदेश फर्कने नेपालीहरुलाई सीमा नाकामा रहेको हेल्थडेस्कमा स्वास्थ्य जाँच गरेपछि होल्डिङ सेन्टर राखिन्छ । होल्डिङ सेन्टरमा राखिने नेपालीहरुलाई स्वास्थ्य सामाग्री र विस्कुट, चाउचाउ दिइने नगरपालिका उपप्रमुख काफ्लेले बताइन् ।