January 23, 2025, Thursday
२०८१ माघ १०

बाँकेमा फेरि पाँच संक्रमितको मृत्यु

बाँके, जेठ ३ । कोरोना भाइरस संक्रमणबाट सोमबार बाँकेमा थप पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङका तीन जना, बाँके र कैलालीका एक÷एकजना छन् ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका–१ का ४८ वर्षीया महिला, तुलसीपुर–६ का ४५ वर्षीय पुरुष र दाङकै दंगीशरण गाउँपालिका–३ का ६३ वर्षीय पुरुषको मृत्यु भएको छ ।

Advertisement

४८ वर्षीया महिलाको उपचारको क्रममा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सोमबार बिहान ९ः१५ बजे मृत्यु भएको हो । उनीमा वैशाख २३ गते संक्रमण पुष्टि भएको थियो । यसैगरी ४५ पुरुषको भेरी अस्पतालमा सोमबार बिहान ११ः४५ बजे मृत्यु भएको हो । उनीमा वैशाख ३० गते संक्रमण पुष्टि भएको थियो ।

यसैगरी ६३ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सोमबार १२ बजे मृत्यु भएको हो । उनीमा वैशाख २५ गते संक्रमण पुष्टि भएको थियो । बाँकेको खजुरा गाउँपालिका–३ की ६७ वर्षीया महिलाको भेरी अस्पतालमा ९ः४५ बजे मृत्यु भएको हो । उनीमा वैशाख २१ गते संक्रमण पुष्टि भएको थियो ।

कैलालीको कैलारी गाउँपालिका–७ का ३८ वर्षीय पुरुषको भेरी अस्पतालमा सोमबार बिहान १०ः१५ बजे मृत्यु भएको छ । उनमा वैशाख २३ गते संक्रमण पुष्टि भएको ओलीले बताए । यसअघि आइतबार दिउँसो ३ः४५ देखि सोमबार विहान ६ बजेसम्म बाँकेमा ८ जना संक्रमितको मृत्यु भएको थियो ।