बाँकेमा थप आठ कोरोना संक्रमितको मृत्यु


बाँके, जेठ ३ । बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ८ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । आइतबार दिउँसो ३ः४५ देखि सोमबार विहान ६ बजेसम्म यति धेरै संक्रमितहरुको मृत्यु भएको हो ।
मृतकमध्ये ३ जना बर्दिया, २ जना बाँके र १/१ जना कञ्चनपुर, दाङ र सुर्खेतका छन् । जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा उपचाररत ठाकुरबाबा नगरपालिका–९, बर्दियाका २५ वर्षीय पुरुषको आइतबार ३ः४५ बजे, मधुबन नगरपालिका–९, बर्दियाकै ७० वर्षीया महिलाको सोमबार विहान २ः३० बजे र बासगढी नगरपालिका–६, बर्दियाकै ८० वर्षीय पुरूषको सोमबार विहान ५ बजे मृत्यु भएको छ ।
भेरी अस्पताललमै उपचारको क्रममा नेपालगञ्ज उपमहानगरपालिका–६, बाँकेकी ४० वर्षीया महिलाको सोमबार विहान ५ः३० बजे र कोहलपुर नगरपालिका–९, बाँकेकै ४५ वर्षीया महिलाको सोमबार बिहान ६ बजे मृत्यु भएको छ ।
यसैगरी भिमदत्त नगरपालिका–३, कञ्चनपुरकी ५५ वर्षीया महिलाको नेपालगंज मेडिकल कलेजमा उपचारको क्रममा आइतबार दिउँसो ४ बजे मृत्यु भएको छ भने तुलसीपुर उपमहानगरपालिका–१०, दाङकी ३८ वर्षीया महिलाको भेरी अस्पतालमा उपचारको क्रममा मध्यराति १२ः ३० बजे मृत्यु भएको छ ।
बाँकेमा योसँगै कोरोना संक्रमणबाट जिल्ला भित्रका मृतकको संख्या २ सय ३९ पुगेको छ भने बाह्य जिल्लाका १ सय ९० जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको ओलीले बताए ।
प्रतिकृया दिनुहोस्