July 25, 2026, Saturday
२०८३ श्रावण १० आईतवार

बाह्र घण्टामा बाँकेमा आठ संक्रमितको मृत्यु

बाँके, जेठ २ । बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ८ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । १२ घण्टा अन्तरालमा यति धेरैको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

Advertisement

सबै जनाको शनिबार साँझ ६ः३० देखि आइतबार बिहान ६ः३० बजेको अन्तरालमा मृत्यु भएको हो । मृतकमध्ये दुईको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल र ६ जनाको भेरी अस्पताल नेपालगन्जमा निधन भएको ती अस्पतालले बताएका छन् ।

Advertisement

मृतक मधुवन नगरपालिका–९ बर्दियाका ४० वर्षीय पुरुष, बढैयाताल गाउँपालिका–१, बर्दियाका ५० वर्षीय पुरुष, गौरीगंगा गाउँपालिका–४, कैलालीका ५२ वर्षीय पुरुष, रुम्टिगढी–३, रोल्पाका ३५ वर्षीय पुरुष, बढैयाताल गाउँपालिका–२, बर्दियाका ८७ वर्षीय पुरुष छन् ।

यस्तै, नेपालगन्ज उपमहानगरपालिका–१९ का ६० वर्षीय पुरुष, कोहलपुर नगरपालिका–१५ का ६७ वर्षीय पुरुष र राप्ती सोनारी–२ की ५२ वर्षीया महिला छन् ।

योसँगै बाँके जिल्लामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ सय ३५ र बाँकेमा अन्य जिल्लाबाट उपचार गर्न आएका १ सय ८३ जनाको मृत्यु भएको कोरोना फोकल पर्शन तेज ओलीले जनाए ।