April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

बुटवलमा तीन संक्रमितको मृत्यु

बुटवल, जेठ २ । बुटवलमा उपचाररत थप तीनजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । आइतबार बिहान दुई जना र गएराति १ जना गरी तीन जना संक्रमितको मृत्यु भएको हो ।

तीनै जनाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्य भएको अस्पतालले जनाएको छ । दुई जनाको प्रादेशिक अस्पतालको आकस्मिक कक्ष र एक जनाको धागो कारखानास्थित कोरोना विशेष अस्पतालको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

कोरोना विशेष अस्पतालको आईसीयूमा उपचाररत नवलपरासी भूमहीका ४८ वर्षीय पुरुषको आइतबार बिहान १२ः४० बजे मृत्यू भएको हो । गुल्मी सत्यवती गाउँपालिका–५ का ४५ वर्षीय पुरुषको आकस्मिक कक्षको वार्डमा विहान ५ः१५ बजे मृत्यु भएको हो भने तिलोत्तमा–४, रुपन्देहीका ३६ वर्षीय पुरुषको आकस्मिक कक्षमा गएराति ९ः५५ बजे मृत्यु भएको डा.गौतमले बताए । यो सँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ३९ पुगेको छ ।

Advertisement