May 12, 2025, Monday
२०८२ बैशाख २९

ओलीको मन्त्रिमण्डलमा सबै मन्त्री दोहोरिए

काठमाडौं, वैशाख ३१ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सपथ लिएका छन्। शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन् ।

ओलीसँगै उनको मन्त्रिमण्डलका सदस्यले पनि पद तथा गोपनीयताको सपथ लिएका छन्। मन्त्रीहरूमा पुरानै अनुहार दोहोरिएका छन् । साथै उनीहरूले साविककै मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

Advertisement

मन्त्रिमण्डलको सूची
केपी शर्मा ओली, प्रधानमन्त्री तथा रक्षा
ईश्वर पोखरेल, उपप्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय
रामबहादुर थापा, गृह

टोपबहादुर रायमाझी, उर्जा
विष्णु पौडेल, अर्थ
प्रदिप ज्ञवाली, परराष्ट्र
हृदयेश त्रिपाठी, स्वास्थ्य तथा जनसंख्या
लेखराज भट्टर, उद्योग, बाणिज्य तथा आपूर्ति
कृष्णगोपाल श्रेष्ठ, शिक्षा
प्रभु साह, सहरी विकास
भानभुक्त ढकाल, पर्यटन
मणिचन्द्र थापा, खानेपानी
पद्मा अर्याल, कृषि
बसन्त नेम्वाङ, भौतिक पूर्वाधार तथा यातायात
गौरीशंकर चौधरी, श्रम, रोजगार
पार्वत गुरुङ, सञ्चार
शिवमाया तुम्बाहाम्फे, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
लिलानाथ श्रेष्ठ, कानून
गणेशसिंह ठगुन्ना, संघीय मामिला तथा सामान्य प्रशासन
प्रेमबहादुर आले, वन
जुलीकुमारी महतो, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
दावा लामा तामाङ, युवा तथा खेलकुद