नागरिकको जीवन रक्षा गरः बोहरा
भैरहवा, वैशाख ३० । अक्सिजन र बेड नपाएर कोरोना भाइरस संक्रमित नागरिकले ज्यान गुमाउनु परेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दीपक बोहराले त्यसको व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेका छन् ।
बिहीबार एक विज्ञप्ती जारी गर्दै पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका बोहराले भनेका छन्, ‘अक्सिजन अभावमा नागरिकको ज्यान गएको छ । यस विषयमा छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।’ छानविन गर्न स्थानीय प्रशासनलाई उनले आग्रह समेत गरेका छन् ।
बुटवलमा ५ जना र सिद्वार्थनगरमा ४ जना कोरोना संक्रमित बिरामीको समयमा अक्सिजन नपाएर नै ज्यान गएको उल्लेख गर्दै यस विषयमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।
अहिलेको मुख्य कार्य भनेको जनताको जीवनको रक्षा भएकाले प्रदेश र स्थानीय सरकारले आफ्नो सम्पूर्ण श्रोतसाधनको प्रयोग कोरोना महामारीको नियन्त्रण र नागरिकको जीवन रक्षामा लगाउन पर्ने उनको माग छ । बोहराले आम नागरिकको स्वास्थ्यप्रति जिम्मेवार बन्न आग्रह गर्दै अस्पतालहरुमा बेड र अक्सिजनको व्यवस्था मिलाउन अपिल गरेका छन् ।
हेर्नुहोस् विज्ञप्ती
प्रतिकृया दिनुहोस्