December 3, 2021, Friday
१७ मंसिर २०७८, शुक्रबार

चार नेताको कारबाही फिर्ता लिने एमाले निर्णय

काठमाडौं, वैशाख ३० । नेकपा एमालेले कारबाही गरेको नेताहरुको कारबाही फिर्ता लिने निर्णय गरेको छ । एमालेले चार नेतामाथि कारबाही गरेको थियो । उक्त निर्णय अब फिर्ता हुने भएको छ ।

बिहीबार एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली निवास बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको हो ।

बैठकले नेताहरुमाथिको कारबाही फिर्ता लिने निर्णय गरेको स्थायी कमिटी सदस्य विष्णु रिमालले जानकारी दिए । ‘पार्टी एकतालाई ध्यानमा राखेर तत्काल यो निर्णय लिइएको हो’, उनले भने ।

Advertisement