October 24, 2021, Sunday
७ कार्तिक २०७८, आईतवार

कपिलवस्तुमा जेठ १० सम्म निषेधाज्ञा

कपिलवस्तु, वैशाख २९ । कपिलवस्तुमा जारी निषेधाज्ञा थप गरिएको छ । बुधबार बसेको जिल्लास्तरीय कोभिड–१९ संक्रमण व्यवस्थापन केन्द्रले कोरोना संक्रमण बढेको भन्दै १० दिनका लागि निषेधाज्ञा थप गर्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको थियो ।

सोहीअनुसार प्रशासनले १० दिन निषेधाज्ञा थप गरेको हो । अब जेठ १० गतेसम्म जिल्ला निषेधाज्ञामा लागू भएको छ । निषेधाज्ञामा विहान ९ देखि दिउँसो १ बजेसम्म खाद्यान्न, तरकारी, फलफूल पसल खुला हुने, अनुमति नपाएका सवारी साधन, मोटरसाइकल चलाउन नपाइने पनि निर्णय गरिएको छ । अत्यावश्यकका सवारी भने संचलन हुनेछन् ।