October 18, 2021, Monday
१ कार्तिक २०७८, सोमबार

प्रधानमन्त्रीलाई पदमुक्त गर्न सांसदबाट राजीनामा दिनुपर्छ : भीम रावल

भैरहवा, वैशाख २९ । नेकपा एमालेका नेता भीम रावलले सांसद पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाल्नुपर्ने भन्दै उनले भनेका छन्, ‘राष्ट्रिय हित, पार्टी विधान विपरित र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री केपीलाई रोक्न पदमुक्त गर्न आवश्यक छ ।’

‘यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ । यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ,’ उनले ट्वीटरमा लेखेका छन् ।