April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

स्वास्थ्यकर्मीको आवास बनाइयो कांग्रेस पार्टी कार्यालय

स्वास्थ्यकर्मीका लागि बनाइएको आवासको निरीक्षण गर्दै कांग्रेस रुपन्देही सभापति अब्दुल रज्जाक । तस्बिरः श्यामशंकर पाण्डे

भैरहवा, वैशाख २९ । नेपाली काँग्रेसले रुपन्देही पार्टी कार्यालयलाई स्वास्थ्यकर्मीको आवास गराउन उपलब्ध गराएको छ । यसअघि आइसोलेसन बनाउने भनिए पनि त्यहाँ स्वास्थ्यकर्मीको आवास बनाइएको हो ।
आवासका लागि बेड–विस्तार तयार पारिएको छ । रुपन्देहीको भैरहवामा रहेको उक्त पार्टी कार्यालयमा २५ बेड तयार गरिएको छ । यी बेड आवासका रुपमा भैरहवास्थित भीम अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले प्रयोग गर्नेछन् ।
कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले बुधबारदेखि स्वास्थ्यकर्मीलाई यही राखिने जानकारी दिए । दुई तल्ला रहेको उक्त पार्टी कार्यालयको भवनमा आवश्यकता अनुसार बेड थप गरिने रज्जाकले बताए ।

Advertisement