April 23, 2025, Wednesday
२०८२ बैशाख १०

दाङमा अक्सिजन नपाएरै गयो ८ जनाको ज्यान

दाङ, वैशाख २८ । अक्सिजन अभावमा दाङको बेलझुण्डी कोरोना विशेष अस्पतालमा थप ८ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

गएराति ८ः४५ बजेदेखि मंगलबार दिउँसो ३ः४५ बजेसम्म उपचाररत ८ जना कोरोना संक्रमितको अक्सिजन अभावमा मृत्यु भएको कोरोना अस्पतालका व्यवस्थापक दोर्ण ओलीले जानकारी दिए ।

Advertisement

मृतकमध्ये दुई जना महिला र ६ जना पुरूष हुन् । अक्सिजन व्यवस्थापन गर्न नसक्दा अभाव भएर उनीहरूको मृत्यु भएको अस्पतालले बताएको छ । अस्पतालमा ४० जनालाई मात्रै पुग्ने अक्सिजन थियो । तर संक्रमित क्षमताभन्दा बढी थिए ।

ओलीले भने, ‘अहिले ६१ जनाको उपचार गरिरहेका छौ । यसरी कसरी उपचार सम्भव छ र ?’ उनकाअनुसार अहिले ६१ मध्य ५ जनाको आर्इसीयूमा उपचार भइरहेको छ ।

अक्सिजन अभावका कारण थप संक्रमित भर्ना गर्न नसकिने अस्पतालले जनाएको छ । ‘भएका विरामीलाई त अक्सिजन छैन, नयाँ भर्ना गरियो भने थेग्नै सकिँदैन’, उनले भने ।