January 25, 2025, Saturday
२०८१ माघ १३

जिसीको स्मृतिमा श्रद्धाञ्जली

बुटवल, वैशाख २८ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रदेश सदस्य एवं रुपन्देही जिल्ला सचिव निर्मल जिसीको माता स्व. गंगादेवी जिसीको सम्झनामा आज मंगलवार बुटवलमा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ ।
पार्टी जिल्ला कमिटीले आयोजन गरेको कार्यक्रममा सहभागी वक्ताहरुले स्व.जिसी क्रान्तिकारी सबैको आमा भएको बताए । समाज रुपान्तरणको राजनीतिक आन्दोलनमा पनि योगदान रहेको बताउँदै जिसीको सपना पुरा गर्ने जिम्मेवारी र दायित्व सबैको हुनु पर्ने बताए । कार्यक्रममा सामाजिक संस्कारहरुलाई समयानुकल परिवर्तन गरि व्यवहारिक र वैज्ञानिक बनाउनु पर्ने जोज दिए ।
कार्यक्रममा नेपाल माओवादी केन्द्रका केन्द्रिय सदस्य वामदेव क्षेत्रीले स्व.जिसीप्रति श्रद्धाञ्जली अर्पण गर्दै सबै अग्रगामी पक्षधर, क्रान्तिकारीहरुको आमा भएको बताए । अर्का केन्द्रिय सदस्य हकि कुल्लाह खांले जातजाति भाषाभाषि विविध धर्म मान्नेहरुको आआफ्नो सामाजिक संस्कार रहेको बताउँदै त्यसलाई परिवर्तन र वैज्ञानिक आधारमा अवलम्वन गर्नु पर्ने बताए ।
त्यसैगरी पार्टीका केन्द्रिय सदस्य तथा लुम्विनी प्रदेश सभा संसदीय दलका सचेतक तुलाराम घर्ती मगरले जिउँदो हुँदासम्म आमा वुवाको आवश्यकता वोध नगर्ने मृत्यु पछि लामो क्रिया गर्दैमा उनीहरुप्रति सम्मान नठहरिने जनाए ।
प्रदेश कमिटी सचिवलाय सदस्य एवं प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री सुदर्शन बरालले अग्रजहरुले देखाएको वाटोमा हिँड्ने दायित्व रहेको बताउँदै उहाँहरुको सपना पुरा गर्नुपर्ने बताए । जन्मपछि मृत्यु स्वभाविक र प्राकृतिक नियम भए पनि समाजलाई योगदान दिएकाहरुको योगदान अमर रहने बताउँदै उनले क्रान्तिकारी योद्धाहरु जम्माउने स्व.आमा गंगादेवी सबैको आमा भएको बताए ।
कार्यक्रममा स्व.जिसीको कनिष्ट सुपुत्र एवं पार्टीका जिल्ला कमिटी सचिव नारायण जिसी निर्मलले आमाको हौषला र साथले कम्युनिष्ट आन्दोलनमा लागेको बताउँदै मृत्यु संस्कारलाई परिमार्जन गरिएको बताए । उनी आमाको काजक्रिया बसेनन् । उनका दाजु मानवहादुर जिसी ७ दिनसम्म किरियामा बसेका थिए ।
प्यूठान दम्तीमा जन्म भई कपिलवस्तु शिवराज नगरपालिका ९, शिवगढी स्थायी निवासी जिसीको ८२ वर्षको उमेरमा बैशाख २२ गते निधन भएको थियो ।