April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

सकियो माधव नेपाल समूहले ओलीलाई दिएको समयसीमा

काठमाडौं, वैशाख २७ । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले दुईबुँदे माग पूरा गर्न दिएको समयसीमा समाप्त भएको छ ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेपाल समूहले आइतबार २०७५ जेठ २ को अवस्थामा फर्किनुपर्ने र आगामी दिनमा पार्टी सहमतिका आधारमा अघि बढाउनुपर्ने प्रतिवद्धता खोजेको थियो ।
नेता योगेश भट्टराईले दुईबुँदामा प्रधानमन्त्रीले प्रतिवद्धता जनाए आज हुने संसद्को बैठकमा विश्वासको मतका प्रस्तावमा उभिने नभए साढे ९ बजे बैठक बसेर कठोर निर्णय लिने जनाएका थिए ।
तर प्रधानमन्त्री निकट स्रोतले दिएको जानकारीअनुसार अब नेपालसँग वार्ताको कुनै औचित्य नभएको निष्कर्षमा प्रधानमन्त्री पुगेका छन् ।

Advertisement