November 3, 2024, Sunday
२०८१ कार्तिक १८

कोरोनाबाट भैरहवामा तीनको मृत्यु

भैरहवाः कोरोना संक्रमणबाट आइतबार भैरहवामा तीन जनाको मृत्यु भएको छ । २ जनाको भैरहवास्थित भीम अस्पतालमा र एकजनाको युनिभर्सल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
भीम अस्पतालमा उपचाररत बुटवल उपमहानगरपालिकाका ३८ वर्षीय एक पुरुष र सिद्धार्थनगर नगरपालिकाका ३८ वर्षीया एक महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोभिड शाखामा कार्यरत बिबेक केसीले जनाए ।
युनिभर्सल शिक्षण अस्पतालमा देवदह नगरपालिकाकी ७६ वर्र्षीया एक बृद्धाको मृत्यु भएको हो । शिक्षण अस्पतालका जनसम्पर्क अधिकृत सुशिल गुरुङले उनको दुवै फोक्सोमा निमोनिया पनि देखिएको जानकारी दिए । यहाँ शनिबार पनि मर्चवारी गाउपालिकाका ५५ वर्षीय एक पुरुष र सिद्धार्थनगर नगरपालिकाकी ५० वर्षीय एक महिलाको मृत्यु भएको थियो ।