बिषालु च्याउले दुईको ज्यान लियो, एक दर्जन धेरैलाई बिरामी बनायो


पाल्पा–बिषालु च्याउ खाएकाले पाल्पा जिल्लामा एक सातामा २ जनाले ज्यान गुमाएका छन् भने एक दर्जन भन्दा धेरै बिरामी परेका छन् ।
बिषालु च्याउ खाएकाले पछिल्लो पटक पाल्पाको रम्भा गाउँपालिका–५, ताहुँ ओमभन्ज्याङका ६६ वर्षीया विनिमाया कामु मगर र ३७ वर्षीया बालकुमारी खाम्चाको मृत्यु भएको छ । दुवैको उपचारका क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरुले जंगलबाट खोजेर ल्याएको च्याउ पकाएर खाएको कुरा खुल्न आएको छ । कामुमगरको ४ गते र खाम्चाको ५ गते मृत्यु भएको अस्पतालले जनाएको छ । सोही गाउँकै ५० वर्षीया यानुमाया जर्घाको मिसन अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको जनाइएको छ ।
गत जेठ १ गते जंगलबाट च्याउ ल्याएर खाएका उनीहरु बिरामी परेपछि ताहुँस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि तानसेनस्थित मिसन अस्पतालमा उपचारका लागि पठाइएको थियो । बिषालु च्याउ खाएकाले तानसेन नगरपालिका–११, भालुवन घर भई तानसेन नगरपालिका–४, बस्दै आएका एकै परिवारका चार जना बिरामी परेका छन् । उनीहरुको मिसन अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनु्सार, विषालु च्याउकै कारण तानसेन नगरपालिका–८, मदनपोखरा कोकल बस्ने दुई जना, माथागढी गाउँपालिका–३, कसेनी भैंसीकट्टाका चार जना उपचारपछि घर फर्केका छन् ।
निस्दी गाउँपालिका–४, मित्यालका दुई जना विषालु च्याउ खाएर बिरामी परेपछि उपचारका लागि मध्यविन्दु अस्पतालमा लगिएकोमा अवस्था गम्भीर भएपछि थप उपचारका लागि चितवनस्थित भरतपुर लगिएको छ ।








प्रतिकृया दिनुहोस्