June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

सिंचाई पूर्वाधार विकासमा काँग्रेस उम्मेदवार खत्रीको जोड

Advertisement

देवदह– नेपाली कांग्रेसको तर्फदेखि रुपन्देही क्षेत्रनम्बर–१ का उम्मेदवार हिराबहादुर खत्रीले किसानका मुद्दालाई सम्बोधन गर्नका लागि सिंचाईको पूर्वाधार विकासमा विशेष जोड दिने बताएका छन् ।

Advertisement

क्षेत्र नम्बर एकका धेरैजसो क्षेत्रहरु आकाशे पानीका भरमा निर्भर रहेका कृषियोग्य जमिनमा सिंचाईको सुविधा बढाउनका लागि मुख्य एजेण्डा बनाएर नीतिगत पहल गर्ने बताए । रुपन्देही क्षेत्र नम्बर एकका विभिन्न पालिकासँगै दक्षिण भेगको रोहिणी पालिकाका विभिन्न वडाहरुमा घरदैलो तथा भेटघाटका क्रममा किसानका गुनासा सुन्दै उनले खडेरीका समयमा कृषि उत्पादन घट्ने क्षेत्रमा सिँचाइको सुविधा बढाउने गरि काम गर्ने जनाए ।

आफूसँग भेट गरेका किसानले सिँचाईको अभावमा वर्षायाममा पनि खेतहरु बन्जर बन्ने गरेको गुनासो उल्लेख गर्दै खत्रीले ती गुनासा सुन्दै सिंचाईका लागि आफूले पहल गर्ने र गम्भिर भएर सरकारसँग कुरा उठाउने विश्वास ब्यक्त गरे ।

रोहिणी गाउँपालिकाका ४, ५ र ६ वडाका विभिन्न टोलहरुमा भएको घरदैलोमा त्यहाँका किसानले सिंचाई, उन्नतविउ विजन, मलखाद, कृषि उत्पादनको भण्डारण लगायतका आवश्यकताहरुलाई उम्मेदवार खत्रीका विचमा राखेको निर्वाचन परिचालन संयोजक हरि काफ्लेले जानकारी दिए ।

सो क्रममा उम्मेदवार खत्रीले यसअघिनै जलासयसहित रोहिणी सिँचाइ बाँधको प्रस्तावलाई अगाडि सारेको स्मरण गर्दै यस क्षेत्रलाई सिँचाइ र जल पर्यटनको हब बनाउन सकिने गरि योजनालाई अगाडि बढाएको बताए । उनले रोहिणीसँगै ओमसतिया, देवदह, तिलोत्तमा पालिकाका विभिन्न क्षेत्रमा सिंचाइ सुविधा पुर्याउनका लागि योजनावद्ध तरिकाले काम गर्ने बताए । उम्मेदवार खत्री क्षेत्र नम्बर एकका विभिन्न पालिकामा दैनिकजसो घरदैलो र जनभेटघाट गर्दै आम नागरिकका गुनासा र सुझाव संकलन गरिरहेको क्षेत्रीय सचिव विजय गुरुङले जानकारी दिए ।

सबै समूहसँग छलफल र समस्या बुझ्दै घरदैलोमा हिरा खत्री

जेनजी भावना र पार्टीको परिवर्तित नीति बुझाउँदै भोट माग्दै हिराबहादुर खत्री