June 6, 2026, Saturday
२०८३ जेष्ठ २४ आईतवार

पश्चिम नवलपरासीमा आचारसंहिता उलङ्घनका १० घटना दर्ता

Advertisement

भैरहवा–चुनावी सरगर्मी बढे सँगै पश्चिम नवलपरासी जिल्लामा निर्वाचन आचारसंहिता उलङ्घनका घटना देखिन थालेका छन् । निर्बाचन आचारसंहिता उलङ्घन घटनाका सवैभन्दा धेरै उजुरी प्रमुख राजनीतिक दलका उम्मेदवारहरु बिरुद्ध परेको छ ।

Advertisement

दुई वटा निर्वाचन क्षेत्रबाट स्वतन्त्र र विभिन्न राजनीतिक दलका समेत गरी ५५ जना उम्मेदवार रहेको पश्चिम नवलपरासीमा हालसम्म १० वटा उजुरीहरू दर्ता भइसकेका छन् । पश्चिम नवलपरासीका निर्बाचन आचारसंहिता अनुगमन अधिकृत एवं सहायक प्रमुख जिल्ला अधिकारी पोषनराज भण्डारीले प्राप्त उजुरीहरूमाथि छानबिन सुरु भइसकेको जनाएका छन् ।

उम्मेदवारहरूले आचारसंहितामा उल्लेख गरिएका कानुनी प्राबधानहरुलाई मिचेर चुनावी गतिविधि सञ्चालन गरेको भन्दै जिल्ला निर्वाचन कार्यालय र प्रशासन कार्यालयमा उजुरी पर्न थालेका हुन् । गत माघ ४ गतेदेखि नै देशभर आचारसंहिता लागु गरेको निर्बाचन आयोगले जनाएको छ । पश्चिम नवलपरासीमा त्यसको प्रभावकारी कार्यान्वयन नभएको गुनासो बढेको छ । ठूला र प्रमुख राजनीतिक दलका उम्मेदवारहरु स्वतन्त्र उम्मेदवार, अन्य साना दल र सर्वसाधारण मतदाताले उजुरी दिएका हुन् । उजुरीको माध्यम भने लिखित मैखिक, इमेल र विभिन्न सामाजिक सञ्जाल मार्फत छन् ।

भण्डारीले उजुरी दिने बित्तिकै तत्काल कारबाही भइहाल्ने नभइ प्रकृयागत रुपमा छानबिन गरी आचारसंहिता विपरीतका गतिविधि भएको पुष्टि भएमा कारबाही प्रक्रिया अगाडि बढाइने बताए । आगामी फागुन ४ देखि १८ गतेसम्म मात्रै औपचारिक रूपमा चुनावी प्रचारप्रसार गर्न पाउने व्यवस्था भएपनि पश्चिम नवलपरासीमा विभिन्न उम्मेदवारहरूले निर्धारित मिती भन्दा अगावै विभिन्न माध्यमबाट प्रचारप्रसार गर्ने र मतदाता प्रभावित पार्ने गतिविधि गरेको पाइएको छ ।