राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने


भैरहवा–राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा क्यान्सर रोगको उपचार सेवा सुरु हुने भएको छ । यसका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबिच सम्झौता भएको छ ।
प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिस्ट्रार प्रा.श्याम लम्साल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा हस्ताक्षर हुँदा प्रतिष्ठानका निमित्त डिन प्राडा. रमेश कडेल र क्यान्सर अस्पतालका सहनिर्देशक डा.उमेश नेपालको पनि उपस्थिति थियो ।
यो सम्झौता पछि दाङमा क्यान्सर रोगको उपचार सुरु हुने भएपनि कहिलेदेखि सुरु हुने ? भन्ने वारेमा भने केही खुलाइएको छैन । तथापी दाङमा क्यान्सरको उपचार हुने भएपछि लुम्बिनी प्रदेशका पहाडी र तराईका बासीन्दालाई धेरै सहज हुने छ ।
सम्झौता अनुसार क्यान्सर उपचार सेवा विस्तारसँगै जनशक्ति आदानप्रदान पनि गरिने छ । सम्झौता कार्यान्वयनमा आएपछि पश्चिम नेपालका नागरिकलाई घर आँगनमै क्यान्सर उपचार सेवा सुविधा प्राप्त हुने प्रतिष्ठानका निमित्त उपकुलपति प्रा. लम्सालले बताएका छन् । क्यान्सर उपचारको सुविधा नहुँदा दाङ र आसपास क्षेत्रका वासीन्दालाई उपचारका लागि राजधानी वा अन्य ठाउँ जानुपर्ने बाध्यता छ ।








प्रतिकृया दिनुहोस्