June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

गुल्मीमा २ हजार भन्दा धेरै किशोरीलाई एचपीभी खोप दिइँदै

Advertisement

भैरहवा–गुल्मीका २ हजार ४ सय ६५ जना किशोरीलाइ पाठेघर मुखको क्यान्सरविरुद्धको खोप (एचपीभी) दिने तयारी गरिएको छ । गुल्मीका सवै बिद्यालयका कक्षा ६ मा पढ्ने किशोरी, विद्यालय नजाने भएमा १० वर्ष उमेरका किशोरी, गत वर्ष बिद्यालयमा खोप लगाउन छुटेकामध्ये कक्षा ७ देखि १० सम्म अध्ययनरत किशोरी र विद्यालय नजाने ११ वर्षदेखि १४ वर्षसम्मका किशोरीलाई यस बर्ष उक्त खोप लगाउने तयारी गरिएको हो ।

Advertisement

स्वास्थ्य कार्यालय गुल्मीले जिल्लास्तरीय खोप समन्वय समितिमार्फत आउदो माघ २४ गतेदेखि फागुन २ गतेसम्म लगाइने जानकारी स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य निरीक्षक ताराबहादुर कार्कीले दिएका छन ।

यस बर्ष जिल्लाभर यो वर्ष २ हजार ४ सय ६५ किशोरीलाई यो खोप दिइने र यसका लागि तयारी अन्तिम चरणमा पुगेको उनले बताएका छन् । उनका अनुसार, गत वर्ष यो खोप अभियानका साथ लगाइएको थियो । यस वर्षदेखि भने नियमित दिइन लागिएको छ ।

आगामी वर्ष फागुनमा यो खोप नियमित अन्तर्गत प्रदान गरिनेछ । यो खोप सबै विद्यालयमा प्रदान गरिने र खोप लगाउन छुटेकालाई नजिकको स्वास्थ संस्थामार्फत उपलब्ध गराइने छ । जिल्ला समन्वय समिति गुल्मीका प्रमुख तथा जिल्लास्तरीय खोप समन्वय समितिका संयोजक द्रोणबहादुर खत्रीले प्रतिखोपका लागि ९ हजार रुपैयाँ भन्दा बढी लागत पर्न जाने भएकाले यसप्रति सबै सचेत भएर खोप लगाउनु पर्ने भनाइ उनको छ ।