June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

अर्घाखाँचीका ३७ मतदानस्थल ‘अति संवेदनशील’

Advertisement

अर्घाखाँची– प्रतिनिधिसभा सदस्यको एक निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा दुर्गम बस्तीमा रहेका अधिकांश मतदानस्थल अति संवेदनशील सूचीमा रहेका छन् । जिल्लाको २ सय ९ मतदान केन्द्रका १ सय १ मतदानस्थल छन् ।

Advertisement

जसमध्ये ३७ मतदान स्थल अति संवेदनशील, ४० वटा संवेदनशील र २५ वटा सामान्य रहेको सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले बताए ।

‘जहाँ भौगोलिक जटिलताका मतदान स्थल छन्, ती अति संवेदनशीलमा राखिएको छ,’ उनले भने, ‘त्यस्ता स्थल शितगंगा नगरपालिकाको सिद्धारा, सिमलपानी, जलुके लगायतका ठाउँका रहेका छन् । सदरमुकाम र सहज यातायातको पहुँच, भौगोलिक सहजता भएका स्थलहरू सामान्यमा राखिएको छ ।’

शितगंगाका अधिकांश क्षेत्रका बस्तीहरू छरिएर रहेको, घरभन्दा जंगल क्षेत्र धेरै छ । जहाँबाट घण्टौं पैदल हिँडेर मतदाता मतदान स्थलमा पुगेर भोट हाल्दै आएका छन् । सबै मतदान केन्द्रमा घुमेर मतदातालाई सहजै रूपमा ढुक्कसँग घरबाट मतदान केन्द्रमा पुगेर आफूले इच्छाएको उम्मेदवारलाई मतदान गर्ने वातावरणको लागि थप सुरक्षा रणनीति अपनाउने उनले बताए ।