June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

दाउन्नेमा लामो जाम

Advertisement

परासी– महेन्द्रराजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा वर्षातले हिलो भएपछि गाडी चढन समस्या हुँदा राजमार्गमा लामो जाम छ । प्रहरीका अनुसार दुम्कीवासदेखि करिब ४ किलोमिटर पश्चिमको विश्वकर्मा मन्दिरमा राजमार्ग चिप्लो भएर गाडी वारपार हुन नसक्दा ३ किलोमिटर लामो जाम छ ।

Advertisement

बुधबारको सामान्य झरीका कारण राजमार्ग हिलाम्य भएको छ । निर्माणधीन राजमार्ग हिलाम्य भएर चिप्लो भएका कारण मालबहाक र ठुला गाडी उकालो चढ्न नसकेर समस्या भएको हो । ‘विस्तारै एक–एक गाडी पालैपालो वारपार गराउँदै छौं,’ फिल्डमा खटिएका प्रहरी निरीक्षक थमन रानाले भने, ‘घाम नलाग्दासम्म राजमार्ग क्लिएर हुन समस्या भएको छ ।’

जाममा फसेका गाडी गन्तव्यतिर पठाउन आफैं खटेको उनले सुनाए । दाउन्नेमा बिहान साढे ३ बजेदेखिको जाम छिचोल्न लाइनमा बसेका गाडी अझै वारपार हुनसकेको छैन । ‘बिहान साढे ४ बजेदेखि जाममा छु, अहिले बिहान साढे ११ बजे बल्ल विश्वकर्मा भन्दिर नजिक पुगेको छु,’ त्यहाँ रोकिएका विनोद कँडेलले भने, ‘राजमार्गको यस्तो अवस्था हुँदा पनि निर्माणको जिम्मा लिएका ठेकेदार के हेरेर बसेका छन् ?’