सोट्टो लुम्बिनीको अध्यक्षमा बजिमय


भैरहवा–सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपाल (सोट्टो) लुम्बिनी प्रदेशको तेश्रो अधिवेशनले सञ्जय बजिमयको अध्यक्षतामा नयाँ कार्यसमितिको निर्बिरोध निर्बाचित गरेको छ । उनी यो सँस्थामा अध्यक्ष भएको यो दोस्रो पटक हो ।
आगामी दुई बर्षका लागि निर्बाचित उक्त समितिको बरिष्ठ उपाध्यक्षमा दुर्गा प्रसाद भण्डारी, उपाध्यक्षमा सञ्जिवराज जोशी, महासचिवमा मनिष तामाङग, कोषाध्यक्षमा इरफान वारिस, सचिवमा नलिन न्यौपाने र सहकोषाध्यक्षमा अम्बिका गुरुङगलाई निर्बाचित गरेको छ ।
सन्तराम थारु, अनिल कुमार गुप्ता, सम्झना रेग्मी, अख्तर हुसैन शैख, जित बहादुर चौधरी, श्रृजना कार्की, निर्मला श्रेष्ठ सदस्य पदमा निर्बाचित भएका छन् । सुहेद अहमद मुशलवान, सन्तोषदेव र सिरीभगवनालाई सदस्यमा मनोनित गरिएको छ ।
उक्त कार्यसमितिको निबर्तमान अध्यक्षमा श्रीचन गुप्ता छन् । यस अघि निबर्तमान अध्यक्ष सञ्जय बजिमय नै थिए ।








प्रतिकृया दिनुहोस्