दाङमा प्रहरी जवान मृत भेटिए


दाङ– दाङमा एकजना प्रहरी जवान मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत हरि जिसी मृत भेटिएका हुन् । उनी घोराही उपमहानगरपालिका–२ रामपुर निवासी हुन् ।
यही माघ ८ गते बिहानको ड्यूटी सकेर स्कुटी लिएर निस्केका जिसी तीन दिनसम्म बेपत्ता भएका थिए । उनको स्कुटी बाटोमा भेटिएको थियो । खोजी गर्दा घोराही उपमहानगरपालिका–१८ घरडौराको जंगलमा उनी झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख, एसपी दीपक श्रेष्ठले पोस्टमार्टम पूरा भइसकेको र मोबाइलको लक खुल्नेबित्तिकै मृत्युको कारण खुल्ने जनाए ।
स्रोतका अनुसार उनका बुबाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा आईसीयूमा राखेर उपचार भइरहेको थियो । बिदा माग्दा नपाएपछि उनी तनावमा थिए ।








प्रतिकृया दिनुहोस्