June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

इ–ड्राइभद्वारा ट्राफिकलाई १० थान ह्विल लक हस्तान्तरण

Advertisement

भैरहवा– संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत इ–ड्राइभ लुम्बिनी नेपाल प्रालिले जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीलाई ह्विल लक सहयोग गरेको छ ।

Advertisement

बुधबार रुपन्देही ट्राफिक प्रहरी प्रमुख प्रतिमा कार्कीलाई १० थान ह्विल लक हस्तान्तरण गरेको प्रालिले जनाएको छ । अध्यक्ष राजकुुमार गुप्ताले कार्कीलाई ह्विल लक हस्तान्तरण गर्दै ट्राफिकको सेवा प्रवाह थप प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

‘हामीले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै जिल्ला ट्राफिकलाई ह्विल लक प्रदान गरेका हौं’, अध्यक्ष गुप्ताले भने, ‘सडकमा खटेर काम गर्ने राष्ट्र सेवक सुरक्षाकर्मीलाई हाम्रो सानो सहयोगले थप हौसला र सेवा प्रवाभकारी बनाउन सहयोग पुग्ने विश्वास लिएको छु ।’

ट्राफिक प्रहरी निरीक्षक कार्कीले थोरै जनशक्तिबाट धेरै क्षेत्रमा काम गर्नुपर्ने जनाउँदै यस्ता सहयोगले गलत गर्नेलाई कानूनी दायरामा ल्याउन सहयोग पुग्ने जनाइन् । ‘इ–ड्राइभ लुम्बिनी नेपालले आवश्यक ह्विल लक सहयोग गरेर हामीलाई केही भए पनि हौसला दिँदै सेवा प्रभावकारी बनाउन योगदान गरेकामा आभार व्यक्त गर्छु’, उनले भनिन्, ‘सबैसँग हातेमालो गरेर ट्राफिकले आफ्ना दैकिन कामलाई व्यवस्थित बनाउँदै लैजाने छ ।’