पाल्पाका दुई क्षेत्रमा ३० जनाले दिए उम्मेदवारी


पाल्पा- आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति पाल्पामा ३० जनाले मनोनयनपत्र दर्ता गराएका छन् । दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा राजनीतिक दल र स्वतन्त्र गरी ३० जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
पाल्पा क्षेत्र नम्बर–१ मा नौ राजनीतिक दल र चार स्वतन्त्र गरी १३ जनाको उम्मेदवारी मनोनयन गरेको निर्वाचन अधिकृत दशरथ पंगेनीले बताए । पाल्पा–१ मा कुल ९८ हजार ३८३ मतदाता छन् ।
पाल्पा–२ मा १४ राजनीतिक दल र तीन स्वतन्त्र गरी १७ जनाको उमेदवारी परेको सहायक निर्वाचन अधिकृत केशव पराजुलीले बताए । पाल्पा–२ मा कुल एक लाख नौ हजार ५३ मतदाता छन् ।
जिल्लामा कुल दुई लाख सात हजार ४३६ मतदाता छन् ।








प्रतिकृया दिनुहोस्