July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

प्रतिनिधि सभा निर्वाचनः आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

Advertisement

भैरहवा– प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उमेदवारको विरोधमा आज उजुरी दिन सकिने छ ।

Advertisement

निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिनेछ ।

उक्त उजुरीपछि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयपत्र र उजुरी उपर जाँचबुझ एवं आवश्यक निर्णय गरी अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिनसक्ने व्यवस्था गरेको छ । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवाको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवालाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयन पत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक तथा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।