रूपन्देही–३ मा दलहरूलाई उम्मेदवारी दर्ता गर्ने समय तोकियो


भैरहवा– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्बाचनका लागि माघ ६ गते उम्मेदवार मनोनयन दर्ता हुँदैछ । रुपन्देहीको निर्बाचन क्षेत्र नम्बर ३ मा आइतवार बसेको सर्वपक्षीय छलफलपछि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उमेदवारका लागि समय निर्धारण गरिएको छ ।
भैरहवास्थित मुख्य निर्बाचन अधिकृतको कार्यालयमा रुपन्देही क्षेत्र नम्बर ३ ले आइतवार राजनीतिक दलहरु सहितको सर्वपक्षीय बैठकको आयोजना गरि उम्मेदवारी मनोनयनका लागि समय निर्धारण गरेको हो ।
मुख्य निर्बाचन अधिकृतको कार्यालयका अनुसार, सबैभन्दा पहिला माघ ६ गते बिहान ११ बजेसम्म स्वतन्त्र उम्मेदवारहरुका लागि उम्मेदवारी मनोनयन गर्न समय उपलब्ध गराइएको छ ।
उज्यालो नेपाल पार्टीका लागि ११ बजे, राष्ट्रिय स्वतन्त्र पार्टीका लागि १२ः३०, नेकपा एमालेलाई दिउँसो १ बजे, नेपाली काँग्रेसलाई ३ बजे, राष्ट्रिय जनमोर्चाका लागि १२ बजे, लोकतान्त्रिक समाजवादी पार्टी (हाल जसपा नेपाल)लाई १ः३०, नेपाली कम्युनिष्ट पार्टीलाई २ः३०, राष्ट्रिय जनमुक्ति पार्टीलाई २ बजे, नेपाल कम्युनिष्ट पार्टी माओवादीलाई ३ः४०, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ३ः२५, जनमत पार्टीलाई ४ बजे, नेकपा संयुक्तलाई ४ः३० र प्रगतीशिल लोकतान्त्रिकलाई ४ः४५ को समय उपलब्ध गराइएको छ ।
मुख्य निर्बाचन अधिकृत अशोककुमार बस्नेतले उम्मेदवारी मनोनयन कार्यलाई शान्त, मर्यादित र व्यवस्थित बनाउनका लागि सवै राजनीतिक दल तथा उम्मेदवारलाई समय निर्धारण गरिएको बताए ।
उनका अनुसार, कुनै पनि उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने क्रममा निर्बाचन कार्यालयको गेटसम्म बढिमा २५ जना र कार्यालय परिसर भित्र ५ जना भन्दा धेरैको जुलुस ल्याउन पाउने छैनन् । बाजागाजा सहित मनोनयन दर्ता गर्न आउन पाइने छैन । उम्मेदवारले आफ्नो सम्पत्ति बिवरण मनोनयन पत्रका साथमा घोषणा गर्नु पर्ने हुन्छ ।








प्रतिकृया दिनुहोस्