June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

नेकपाका केसीको चेतावनी: दाङ–१ मा टिकट नपाए स्वतन्त्र उम्मेदवारी दिन्छु

Advertisement

दाङ– लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले आफूलाई टिकट नदिए दाङ–१ बाट स्वतन्त्र उम्मेदवारी दिने बताएका छन् । रातारात रुपन्देहीको बुटवलबाट लुम्बिनी प्रदेश राजधानी दाङको देउखुरी उपत्यका पुर्याउने तत्कालीन नेकपा माओवादी केन्द्रबाट लुम्बिनीका मुख्यमन्त्री भएका केसीले दाङ १ बाट बागी उम्मेदवारी दिने चेतावनी दिएका हुन् ।

Advertisement

नेपाली कम्युनिस्ट पार्टीले दाङ १ मा मेटमणि चौधरीलाई उम्मेदवार बनाएको छ । त्यसप्रति असन्तुष्टी जनाउँदै केसीले स्वतन्त्र उम्मेदवारी दिने चेतावनी दिएका हुन् । चौधरी पूर्वमन्त्री समेत हुन् । विघठित प्रतिनिधि सभामा उनी यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

‘आज १ बजेसम्म उम्मेदवारको अन्तिम टुंगो लाग्ने भनिएको छ,’ केसीले भने, ‘त्यस बेलासम्म मैले टिकट पाइनँ भने स्वतन्त्र भएर चुनाव लड्छु ।’ उक्त क्षेत्रबाट चौधरीले यसअघि पनि निर्वाचन जितेका थिए । भने, उनको गृह क्षेत्र पनि हो ।