June 6, 2026, Saturday
२०८३ जेष्ठ २४ आईतवार

मोटरसाइकल र इभी कार ठोक्किँदा दुईजनाको मृत्यु

Advertisement

बर्दिया— मोटरसाइकल र इभी कार एकआपसमा ठोक्किँदा बर्दियामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको मधुवन नगरपालिका–४ स्थित सडक खण्डमा ओरालीबाट ढोढरीतर्फ आउँदै गरेको ईभी गाडी र विपरीत दिशातर्फ जाँदै गरेको मोटरसाइकल ठोक्किएका हुन् ।

Advertisement

बा प्र ०१–०३२च ७५५३ नम्बरको इभी गाडी विपरीत दिशातर्फ जाँदै गरेको भे ११ प १९२३ नम्बरको मोटरसाइकल राति करिब ९ बजे एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक बर्दिया ठाकुरबाबा–५ शाहीपुरका २१ वर्षीय शुशिल कुमार थारु र पछाडि बस्ने सोही पालिका–५ मानपुरका २५ वर्षीय करण थारु घाइते भएका थिए ।

उनीहरुलाई जिल्ला अस्पताल गुलरिया उपचारको लागि तत्काल ल्याइएकोमा राति १० बजेर १० मिनेटमा दुवै जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय, ढोढरीका प्रहरी निरीक्षक महेन्द्र सेनले बताए ।

प्रहरीले इभी गाडीका चालक मधुवन नपा–४ ढोढरीका २३ वर्षीय विक्रम बोहोरालाई नियन्त्रणमा लिएको छ । दुवै सवारी साधन चल्ने अवस्थामा नरहेको प्रहरी निरीक्षक सेनले जनाए । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बर्दियाका प्रमुख प्रहरी निरीक्षक सन्दीप बेलवासेका अनुसार इभी चालक बोहोराले मापसे गरि गाडी चलाएको खुलेको छ ।