June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

गगनलाई बधाई दिँदै कांग्रेस नेतृ सुजाताले भनिन्– परिवर्तनलाई स्वीकार्न पर्छ

Advertisement

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई बधाई दिंदै परिवर्तनलाई स्वीकार्न नेताकार्यकर्तालाई अग्रह गरेकी छिन्।

Advertisement

सामाजिक संजाल फेसबुकमार्फत आफ्नो भिडियो सन्देशमार्फत उनले परिवर्तनका पक्षमा उभिन सबैमा आग्रह गरेकी हुन्।

‘अहिले युवाले, नेपाली समाजले, नेपाली जनताले परिवर्तन चाहेको छ, परिवर्तनलाई हासेर खुसी भएर अंगालो मार्नु पर्दछ, नेपाली कांग्रेसमा पनि परिवर्तन आएको छ, पार्टी फुटेको छैन, नयाँ सभापति आउनु भएको छ, म बधाई दिन चाहन्छु’ उनले भनेकी छिन्।

नेतृ कोइरालाले परिवर्तनलाई खुसी भएर स्वीकार्न र कानुनको ब्यख्या धेरै नगर्न पनि नेताहरूलाई आग्रह गरेकी छिन्।