माघीका खाना चखाउँदै होटल र रेष्टुरेन्ट


भैरहवा – माघी वा माघे संक्रान्तिलाई नेपालमा विभिन्न जातजाती र समुदायले आ–आफ्नै परम्परा अनुसार मनाउने गरेका छन् । संक्रान्तिका दिन प्रत्येक घरमा भूजा र तिलका लड्डु, तरुल, सखरखण्डका साथै खिचडी पकाएर खाने गरिएको छ । त्यही परम्परालाई निरन्तरता दिन भैरहवामा रहेका होटल तथा रेष्टुरेन्टले पनि बिहीबार यस्तै परिवार प्रवद्र्धनको कार्यक्रम राखेका छन् ।
प्रत्येक वर्ष माघे संक्रान्तिमा विभिन्न परिवार खुवाउँदैं आएको भैरहवामा रहेको होटल पौवाले यसपटक पनि परिवार चखाउने स्वाद उत्सव राखेको छ । ‘सम्पदा हुन चाडपर्व हाम्रो, उत्सव बनाउ माघीलाई राम्रो’ नारा सहित बिहीबार दिउँसो खान खुलाउने कार्यक्रम राखेकोे होटल पौवाका महाप्रबन्धक शालिकराम खरेल (निशान) ले जानकारी दिए । होटल पौवाले नेपाली चाढपर्व प्रवर्द्धन गर्न सांस्कृतिक उत्सव आयोजना गर्दै आएको जनाएको छ । कार्यक्रममा पौवाले खिचडीं, तरुल, सखरखण्ड, यमरी, घिउ, सेलरोटी, तिलको लड्डु, अचार लगायत परिकार खुवाएको छ । खरेलका अनुसार निःशुल्क संचालन गरिएको उक्त माघी उत्सवमा करिब एक हजार जनाले विभिन्न परिकारको स्वाद लिएका छन् ।
त्यसैगरि भैरहवामा रहेको पाँच तारे होटल सिद्धार्थ भिलासाले पनि बिहीबार स्वाद उत्सव आयोजना गरेको छ । उक्त होटलकी सेल्स म्यानेजर सालु कुँवरका अनुसार होटलले बिहीबार दिउँसो माघे संक्रान्ति र माघी पर्वलाई प्रवद्र्धन गर्न पम्परागत खान खुवाएको हो । भिलासाले यसलाई ‘माघे संक्रान्ति लन्च’ नाम दिएर ग्राहकलाई सहभागिताका लागि आह्वान गरेको थियो । दिउँसो एक बजेपछि उक्त कार्यक्रम भएको थियो ।
त्यसैगरि भैरहवाको जनकपथमा रहेको गुलमोहर रेष्टुरेन्टले पनि माघीका परिकार प्रवद्र्धन गरिने जनाएको छ । माघीका दिन परम्परागत परिवार उपलब्ध गराइने र यस पर्वलाई उत्सवका रुपमा मनाउन लागिएको रेष्टुरेन्टका सञ्चालक सन्जिव शर्मा रेग्मीले जानकारी दिए । यहाँ आज साँझ थारु सांस्कृतिक नाचसहित माघी स्वाद उत्सव छ । यससँगैं रुपन्देहीका गाउँ–गाउँमा थारु परुम्परागत खानको प्रवद्र्धनका लागि खाना महोत्सव र सांस्कृतिक कार्यक्रम आयोजना गरिएका छन् । माघीका दिन सर्वसाधरण पनि यस्ता परिकार खोज्दैं ग्रामीण क्षेत्रमा पुग्ने गरेका छन् ।








प्रतिकृया दिनुहोस्